काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको आचारसंहिता बुधबारदेखि लागू गर्ने जानकारी दिएको छ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै आयोगले बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको जानकारी दिएको हो। निर्वाचन आचारसंहिता–२०७९ कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दिएको आयोगले जनाएको छ।
केही बेरअघि मात्र आयोगले राजनीतिक दल र निर्वाचनमा सहभागी हुने उम्मेदवारका लागि ६० बुँदे आचारसंहिता जारी गरेको थियो। उक्त बुँदाहरु प्रभावकारी कार्यान्वयनका लागि दल र उम्मेदवारहरुलाई आयोगले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।