काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्नका लागि निर्देशन जारी गरेको छ।
मंगलबार साँझ आयोगले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका नाममा आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे निर्देशन जारी गरेको हो।
उक्त आचारसंहिता निर्वाचनमा सहभागी हुने दलका साथै तिनका उम्मेवारलाई पनि लागू हुनेछ।
आयोगले तयार पारेको आचारसंहिता दल र दलका र उम्मेदवारका तर्फबाट प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ। आजै मात्र सत्तारुढ नेपाली कांग्रेसले आचारसंहिताप्रति असन्तुष्टि जनाउँदै लचिलो बनाउन माग गरेको छ।
निर्वाचन प्रचार प्रसारका लागि प्रधानमन्त्री र मन्त्रीहरुलाई जान रोक लगाएकोप्रति प्रमुख सत्ता साझेदार कांग्रेसले आपत्ति जनाउँदै लचिलो बनाउन माग गरेको हो।
यस्तो छ आयोगले जारी गरेको निर्देशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।