काठमाडौं– चाडपर्वको अवसरमा बाल्ट्राले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ।
यो योजना अन्तर्गत बाल्ट्राको कुनै पनि उत्पादन खरिद गर्दा लक्की ड्र मार्फत् हरेक हप्ता पाँच जनाले एक सेट इन्डक्सन चुल्हो प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। चल्होका साथमा इन्डक्सन कूकटप, प्रेसर कुकर र कडाई पनि पाउने बाल्ट्राले जनाएको छ।
साथै बम्परमा भाग्यशाली पाँच जनाले एक/एक तोला सुन जित्न सक्नेछन्। नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यो प्रतियोगितामा सहभागी हुनसक्ने बाल्ट्राले जनाएको छ।
यस प्रतियोगितामा सहभागी हुनका लागि <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER> टाईप गरी ३१००७ मा एसएमएस गर्नुपर्नेछ। उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ।
साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नुपर्ने बाल्ट्राले जनाएको छ। यो योजना भदौ २८ गतेदेखि कात्तिक १४ गतेसमम लागू हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।