फाइल तस्बिर।
काठमाडौं– जुनियरमाथि र्यागिङ गर्ने नेसनल मेडिकल कलेज वीरगञ्जका सात विद्यार्थी एक वर्षका लागि निष्कासित भएका छन्।
ब्वाइज होस्टलमा र्यागिङ गर्ने सात जनालाई कलेज प्रिन्सिपल प्राडा केएन सिंहले आइतबारदेखि लागू हुनेगरि एक वर्षका लागि कलेजबाट निष्कासन गरेका हुन्।
निष्कासित हुनेहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।