काठमाडौं– सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ। बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव मनाएको छ।
सोही क्रममा बैंकले आइतबार रक्तदान कार्यक्रम गर्यो। बैंकले शनिबार साइकल र्याली पनि गरेको थियो।
‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम गैरिधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भएको थियो। र्याली काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुन: प्रधान कार्यालयमै आएर टुंगिएको थियो।
कार्यक्रममा ३ सय ५० जना भन्दा बढीको सहभागिता थियो। र्यालीले वातावरण संरक्षण र स्वस्थ रूपमा जीवन बाच्नुपर्छ भन्ने सन्देश दिएको बैंकले जनाएको छ।
बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न सामाजिक तथा अन्य कार्यक्रम गरिरहेको छ। बैंकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखारहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।