काठमाडौं– सोमबार देशका केही क्षेत्रमा हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ।
बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।