गुल्मी– गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले शिक्षकको अभाव टार्न स्वंयम सेवक शिक्षकको व्यवस्था गरेको छ। शिक्षकको अभावमा पठन–पाठनमा समस्या नहोस् भनेर स्वयं सेवक शिक्षक राख्ने व्यवस्था मिलाइएको हो।
कुनै शिक्षक १५ दिनभन्दा बढी बिदामा बस्दा विद्यार्थीहरुको पठन–पाठनमा समस्या हुने भएकाले पालिकाले २३ जना स्वयंसेवक शिक्षकको व्यवस्था गर्न लागेको उपाध्यक्ष पार्वती कुँवरले बताइन्।
शिक्षकहरु सुत्केरी बिदा वा सुत्केरी स्याहार बिदामा बस्दा, लोकसेवा तयारी बिदा र बेतलबी बिदामा बस्दा शिक्षकको अभाव टार्न र पठन–पाठनलाई निरन्तरता दिनको लागि यस्तो व्यवस्था गर्न लागेको कुँवरको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।