काठमाडौं- सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
जोशी अस्वस्थ भएपछि केही दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।