• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

काठमाडौं–तराई फास्ट ट्रयाक: अझै खोकनाकै उल्झन, सेना भन्छ– हामी गम्भीर छौं

64x64
नेपाल लाइभ शनिबार, असोज २२, २०७९  ०८:४१
1140x725
निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाइल तस्बिर)

काठमाडौं– निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रस्थान बिन्दु खोकना विवादको उल्झलनले समयमै निमार्ण सम्पन्न हुन्छ भन्ने संका उत्पन्न भएको छ। 

२०८१ मंसीर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निमार्ण भइरहेको सैनिक मुख्यालयमा जंगी अड्डाले बताएको छ। तर, खोकना विवाद र अझै केही ठाउँको ठेक्का प्रक्रिया नै सम्पन्न नभएकोले समयमै निर्माण सम्पन्न हुन्छ भन्नेमा संका उत्पन्न देखिएको हो। 

आयोजन प्रमुख, नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले खोकना विवादलगायत समयमै निर्माण सम्पन्न गर्न नेपाली सेना गम्भीर भएर लागि परेका बताए। जंगी अड्डामा भदौ ३० गते भएको कार्यक्रममा पनि सोही अभिव्यक्ति दोहार्‍याउँदै सहायक रथी पोखरेलले समयमै सम्पन्न हुनेगरी सेनाले काम गरिरहेका दाबी गरेका थिए। 

सेनाले रफ्तारका साथ काम अघि बढाइरहेको दाबी गरिरहेका बेला संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नै आयोजना प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको थियो। 

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले बताएकी थिइन्। कारबाहीको कुरा संस्थागत भएकाले यसबारे संस्थाले नै निर्णय गर्ने जंगी अड्डामा भदौ ३० गते भएको कार्यक्रममा बताइएको थियो। 

फास्ट ट्रयाकमा हालसम्म ५ वटा ठेक्का प्याकेजको सम्झौता भइ काम सुरु भएको र बाँकी ६ प्याकेजहरुको समेत ठेक्का लगाएर काम सुरु गर्ने तयारी भएको सहायक रथी पोखरेलले बताए।

आर्थिक वर्ष २०७८/७९ का लागि चालु तर्फ ८ करोड ७५ लाख र पुँर्जीगततर्फ ८ अर्ब ८४ करोड ४ लाख गरी ८ अर्ब ९२ करोड ७९ लाख विनियोजन भएको थियो। 

आर्थिक वर्ष २०७३/७४ बाट नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको काम गरिरहेको छ। २०७६ भदौ १ गते आयोजनाको डीपीआर स्वीकृत भइ निर्माण अवधि ४ वर्ष ६ महिना तोकेर काम भइरहेको छ। २०८१ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य सेनाको छ।

Ncell 2
Ncell 2

फास्ट ट्र्याक निर्माणका लागि ५ हजार १७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ। जसमध्ये अधिकांश जग्गा अधिग्रहण भए पनि खोकना–बुङमतीको ४११ रोपनी अर्थात् ८ प्रतिशत जग्गा अधिग्रहण हुन सकेको छैन।

के हो खोकना विवाद ?
सुरुमा बुङमतीस्थित पुरातात्विक महत्त्वका सम्पदा नष्ट हुने गरी फास्ट ट्रयाक बनाउन लागेको भन्दै खोकनाबासीले निर्माणमा अवरोध गरेका थिए। त्यसकारण त्यहाँ ट्रयाक निकाल्न सकिएको थिएन। त्यसपछि पुरातात्विक महत्वका सम्पदा जोगाएर सेनाले अन्यत्रै रेखाङ्कन गरेको थियो। तर अहिलेसम्म पनि खोकना विवाद समाधान हुन सकेको छैन। 

सहायक रथी पोखरेलका अनुसार एकै ठाउँमा धेरै आयोजना परेकाले खोकनाको अस्तित्व नै मासिने भन्दै स्थाीयले अवरोध गरेकाले विवाद सुल्झन नसकेको हो। 

आउटर रिङरोड, बागमती करिडोर, विद्युतीय प्रसारण लाइन, स्मार्ट सिटी, फास्ट ट्रयाक गरी ५ वटा विकास आयोजना अहिले खोकना केन्द्रित छन्। यिनै आयोजनालाई देखाउँदै खोकनाबासीले निरन्तर विवाद निकाल्ने गरेको सेनाको बुझाइ छ।

आउटर रिङरोडको खाका प्रभावित नै पार्ने र फास्ट ट्रयाकको प्रस्थान बिन्दु समेत सार्ने योजना अनुसार पनि विवाद हुने गरेको सेनाको बुझाइ छ। अर्कोतर्फ विकास आयोजनाहरु एकै ठाउँमा खप्टिँदा त्यसबाट लिन सकिने लाभलाई मध्यनजर गर्दै विवाद पनि हुने गरेको पाइएको छ। 

खोकना विवाद मुख्यगरी जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय योजना आयोगबाट समाधान हुनुपर्ने विषय रहेको सेनाले जनाएको छ। ‘मुआब्जामा कुरा नमिलेको हो भने त्यो प्रशासनले निर्धारण गर्ने कुरा भयो, विकास आयोजनका बारेमा हो भने राष्ट्रिय योजना आयोगबाट समाधान हुने विषय भयो। यद्यपि हामी पनि गम्भीर भएर निरन्तर समाधानका लागि लागि रहेका छौं,’ सहायक रथी पोखरेलले भने। 

आउँदो फागुनसम्ममा खोकना विवाद सुल्झाएर निमार्ण प्रक्रिया सुरु गर्ने सेनाको तयारी छ। त्यसका लागि गम्भीर भएर लागिपरेको जंगी अड्डाले जनाएको छ। 
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्