काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त अफर शनिबारदेखि लागू भएको छ।
यस योजना अन्तर्गत ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २००० रूपैयाँसम्म क्यासब्याक पाउन सक्ने बताइएको छ।
उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले हाल देशभर १९० ओटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित इकाइ, १ हजार ७०० भन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत् बैंकिङ सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।