१. ७ बुँदामा सहमति गरेर सकियो नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक, महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे छलफल। (दुई दशकदेखि एउटै रटान)
२. संविधान घोषणापछि डा बाबुराम भट्टराई र आफूले गरेका प्रयोगहरु असफल भएको प्रचण्डद्वारा स्वीकार, आफूहरुबीच पटक–पटक कुराकानी भएको उल्लेख। (प्रचण्डको स्पष्टोक्ति)
३. अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर मेनुमा अतिरिक्त जोडेर लिन नपाउने, मेनुबाहेक अतिरिक्त रकम लिने कार्य गैरकानुनी ठहर। (काठमाडौं जिल्ला अदालतको ठहर)
४. पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा उठाए कश्मीर मुद्दा, भारतसँग आफ्नो देशले शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेको उल्लेख। (पाकिस्तानद्वारा भारतसँग शान्तिको आह्वान)
५. र, आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेश र आयरल्याण्डको स्थान पक्का, जिम्बाबेविरुद्ध आयरल्याण्ड तथा थाइल्याण्डविरुद्ध बंगलादेशको जित। (बंगलादेश र आयरल्याण्ड विश्वकपमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।