काठमाडौं– पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९, केराबारी र अठार किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरोले दुवैतर्फका सवारी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। हाल पहिरो पन्छाउने काम चलिरहेको बताएको छ।
पहिरोले सवारी जाममा परेपछि यात्रुलाई सास्ति भएको छ। खासगरी बालबालिका, वृद्ध र बिरामी यात्रु थप समस्यामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।