काठमाडौं– बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको उक्त एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन्।
यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्नुका साथै प्रचलित बजार भ्यालुएसनभन्दा ७ हजार थप मूल्य पनि पाउन सकिने कम्पनीले जनाएको छ।
सरल किस्ताबन्दी र न्यूनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन्।
यसका साथै हरेक दिन एक जना विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजहरु जित्न सक्ने आयोजकले जनाएको छ। उक्त एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागी उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ।
यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।