काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सको पाचौँ संस्करण सम्पन्न गरेको छ। चितवनको सौराहमा ३, ४ र ५ गते उक्त संस्करण आयोजना गरिएको थियो।
कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका सम्पूर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरिनुका साथै आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न ३१ विधाम सम्मान गरिएको छ।
यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरुबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमा छलफल गरिएको छ।
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।