• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२ Fri, Jun 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
डा केसी पक्ष र सरकारबीच किन लम्बिरहेछ वार्ता? नमिलेका मुख्य तीन विषय यी हुन्
64x64
नेपाल लाइभ शुक्रबार, असोज ७, २०७९  १९:२२
1140x725

काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै प्राडा गोविन्द केसी आमरण अनसनमा छन्। डा केसी अनसनमा बसेको पाँचौ दिनमा सरकारले वार्ता टोली गठन गरेको थियो। त्यसयता सरकारी टोली र डा केसी पक्षबीच लगातारजस्तो वार्ता भइरहेको छ।  तर वार्ता भने टुंगोमा पुग्न सकेको छैन।

वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार मुख्य तीन विषयमा अझै कुरा मिल्न सकेको छैन। 'अन्य विषयमा लगभग सहमति जस्तै भए पनि तीन वटा विषयमा भने कुरा नमिल्दा वार्ता लम्बिएको हो', ती सदस्यले भने।

डा केसीले अनसन सुरू गरेको शुक्रबार १२ दिन भएको छ। उनको स्वास्थ्य अवस्था थप बिग्रंदै गएको छ। हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्ट अनुसार शरीरमा इलेक्ट्रोलाईटकाे मात्रा घट्दै गैरहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका  सूचना अधिकारी तथा उपचार व्यवस्था समितिका सदस्यसचिव राम विक्रम अधिकारीले जानकारी दिए।    

यी हुन् वार्तामा कुरा नमिलेका तीन विषय:
१.    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएको नियुक्ति सच्याउने।
सरकारले साउनको दोस्रो साता प्रतिष्ठानको रजिष्ट्रारमा प्राडा सूर्य संग्रौला नियुक्त भएका थिए। यस्तै प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगतप्रसाद नियुक्त भएका छन्। डा केसीले भागवन्डाका आधारमा ती नियुक्ति गरिएकाे भन्दै सच्याउन माग गरेका छन्। यसका साथै प्रतिष्ठानका उपकुलपति लगायतका 'भ्रष्ट पदाधिकारीहरु' लाई बर्खास्त गरी कारबाही गर्न पनि डा केसीको माग छ। 

वार्ता टोलीबीच यो विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन। सरकारीपक्ष नियुक्त भइसकेका पदाधिकारीले राजीनामा नदिने र हटाउन पनि समस्या हुने भनिरहेका छन् भने डा केसी पक्ष माग अनुसार हुनुपर्ने अडानमा छन्।

२.    आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्।
वार्ता नमिलेको अर्को विषय गेटाको हो। सरकारी पक्षले गेटालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत राखेर चलाउने प्रस्ताव गरेको छ। तर आइओएम आफैंले थप कलेज चलाउन नसक्ने भनिरहेको सन्दर्भमा उक्त विषयमा ठोस निर्णय हुन सकेको छैन। गेटालाई अन्य विश्वविद्यालय अन्तर्गत चलाउने वा प्रतिष्ठान बनाउने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन।

३.    चिकित्सा शिक्षा आयोगको कार्यसम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कार्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रिपरिषदबाट पारित गरियोस्।
यो विषयमा संगठन संरचना तयार पारेर अगाडि लैजाने विषयमा लगभग सबै सहमत छन्। उक्त संरचना तयार नहुँदासम्म आयोगमा पठाइने कर्मचारी आयोगको सहमति अनुसार पठाउनु पर्ने भन्ने विषयमा भने सहमति हुन सकेको छैन। सरकारले आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै आफूखुसी कर्मचारी पठाउँदा समस्या भइरहेको आयोगको ठहर छ। आयोगले काम कारबाहीमा हस्तक्षेप हुने गरेको गुनासो समेत गर्दै आइरहेको छ। हस्तक्षेपका विषयमा पनि वार्तामा प्रष्ट धारणा आउन नसकेको बताइएको छ।

यी बाहेकका अन्य मागमा भने लगभग सहमति हुने सम्भावना रहेको छलफलमा सहभागी सदस्यहरु बताउँछन्।

Ncell 2
Ncell 2

यी हुन् डा केसीका सात बुँदे माग
१. स्वास्थ्य सेवा सुधारका लागिः
–    तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
–    जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तारोन्नति र गुणस्तरको वृद्धि सुनिश्चित गरियोस्।
–    संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।
–    सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।
–    स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।
–    सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्‍याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस्। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस्।

२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस्। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्। विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्ष ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्। यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माण काम अघि बढाइयोस्।

३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।

४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस्। प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस्।

५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर–नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिंग कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस्।

६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्री परिषद्बाट पारित गरियोस्। निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस्।

७.जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते
इजरायली ड्रोन आक्रमणमा परी गाजामा १८ जना प्यालेस्टिनीको मृत्यु
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’
सम्बन्धित सामग्री
ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेक... शुक्रबार, असार १३, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । शुक्रबार, असार १३, २०८२
पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको हो । शुक्रबार, असार १३, २०८२
ताजा समाचारसबै
ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते शुक्रबार, असार १३, २०८२
इजरायली ड्रोन आक्रमणमा परी गाजामा १८ जना प्यालेस्टिनीको मृत्यु शुक्रबार, असार १३, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ शुक्रबार, असार १३, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, असार १३, २०८२
पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुकुल ढकालले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो बिहीबार, असार १२, २०८२
टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा बिहीबार, असार १२, २०८२
शिक्षा विधेयकमा छलफल सकिएन, भोलि फेरि समितिको बैठक बिहीबार, असार १२, २०८२
एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी शुक्रबार, असार १३, २०८२
बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्