काठमाडौं– एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्ने ग्राहकका लागि नयाँ योजना ल्याएको छ।
पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना बैंकले ल्याएको हो।
यो योजना दसैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको बैंकले जनाएको छ। जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ।
यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी ल्याइएको बैंकले जानकारी दिएको छ। यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० प्रदान गर्ने व्यवस्था गरेको छ।
यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।
देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनता बैंकको सेवाग्राही छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।