काठमाडौं– डिशहोम फाइवर नेटले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ फाइवरनेट’ अफर सार्वजनिक गरेको छ।
फाइवरनेटका ग्राहकहरुका लागि चाडपर्वको अवसर पारेर थप खुसी प्रदान गर्नका लागि नयाँ ‘ब्यान्डवीड्थ’का साथ आकर्षक मूल्यमा फेस्टिभ फाइवरनेट अफर ल्याएको कम्पनीले बताएको छ।
यस अफरअन्तर्गत प्रतिमहिना ८७० रुपैयाँ पर्ने २ सय एमबीपीएकको इन्टरनेट प्याकेज दिइनेछ। यस्तै प्रतिमहिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा एक सय एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीवीएसका प्याकेजहरु उपलब्ध गराइने डिशहोम फाइवरनेटले जनाएको छ।
यो प्याकेज अफरमा एक वर्षको लागि जडान गर्ने ग्राहकले ५ जी ‘डबल ब्यान्ड’ राउटर सित्तैमा पाउनेछन्। साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँमा प्रतिमहिना डिशहोम आई टिभीको सेवा पनि लिन पाउने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।