काठमाडौं– सनराइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ।
बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामान हस्तान्तरण गरिन्।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंकका उच्चपदस्त अधिकारीहरुको समेत उपस्थित रहेको थियो।
सधैं झैं आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्य सामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा बैंकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकालाई नयाँ कपडा सहयोग गरेको हो।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक पुडासैनीले बताइन्।
बैंकले १५औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।