फाइल तस्बिर।
धनगढी– कैलालीको धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१६ स्थित उल्टापानी भन्ने नालामा घोराहीतर्फ जाँदै गरेको से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए। चालक आफैं अनियन्त्रित भएर नालामा पल्टिएको डीएसपी जोशीले बताए।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।