१. काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, २२ जना घाइते, रुकुम पूर्वमा पनि बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो । (बस दुर्घटनामा १२ जनाको मृत्यु)
२. सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु महानता हो भन्ने ठानेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रयोग गर्ने हतियार बनाइएको महासचिव शंकर पोखरेलको दाबी। (राष्ट्रपतिको बचाउमा उत्रियो एमाले)
३. नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर, शुक्रबारका लागि पेसी तोकियो । (राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट)
४. रूसलाई हतियार बेचेको अमेरिकी दाबी उत्तर कोरियाले गर्यो अस्वीकार, रूसलाई कहिल्यै हतियार नबेचेको र भविष्यमा पनि त्यसो गर्ने कुनै योजना नभएको दाबी। (अमेरिकी दाबीप्रति उत्तर कोरियाको काउन्टर)
५. र, बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट, सुनिल बल र नवयुग श्रेष्ठ टिमबाट बाहिरिए । (बंगलादेशविरुद्ध खेल्ने नेपाली टोली घोषणा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।