काठमाडौं- नेपालमा साउनयता मात्रै डेंगु संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन्। यस्तै १९ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ।
यस्तै, लुम्बिनीमा २ हजा ७ सय ८, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४ ,गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा देखिएको थियो। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।