काठमाडौं– मकवानपुरको भीमभेदी गाउँपालिकाको जुरिखेतको ११ घुम्तीमा यात्रुबस दुर्घटना भएको छ। उक्त दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलो मोडबाट खसेर अर्को बाटोमा पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा २२ जना घाइते भएकका छन्। उनीहरुलाई अहिले हेटौंडा अस्पताल लगिएको र कसैको पनि परिचय नखुलेको मकवानपुरका एसपी वामदेव गौतमले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।