काठमाडौं– भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रालि (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ।
लक्ष्मी ई.मोविलिटी प्रालिले नाडा ईभि अटो शो मा स्टल नम्बर सि ७ मा बुकिङ गरि स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ।
जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिनेछ।
नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ।
एक पटक फूलचार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएका छन्।
भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र थप नयाँ मोडलको बारेमा जानकारी लिनका लागि नाडा ईभि अटो शोको स्टल नम्बर सि ७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।