• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कैलाली बाढी: अझै सञ्चालनमा आएनन् विद्यालय

दुर्गा देवकोटा/रासस बिहीबार, असोज ६, २०७९  १५:२०
1140x725

टीकापुर–  गत हप्ता लगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन्। विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ प्रभावित भएको छ। 

भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन्। भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ। असोज १ गते आएको बाढीले उनको विद्यालय डुबानमा परेपछि खत्रीसहित ६१ बालबालिकाले विद्यालय जान पाएका छैनन्। ‘मलाई विद्यालय जान मन लागेको छ। साथीहरूसँग खेल्न मन छ,’ उनले भने, ‘बाढीले डुबेको भनेर मलाई घरबाट विद्यालय जान दिइएको छैन, हाम्रो विद्यालय छिटो खोलिदिनुपर्‍यो।’

विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी बाढीले विद्यालयमा ६ फिटसम्म पानी पुगेको बताए। ‘बाढीले विद्यालय सबै डुब्यो, कक्षाकोठा, कार्यालय भवन सबैमा पानी पस्यो, कार्यालयका केही सामान रहेनन्,’ उनले भने, ‘बाढीले कागजात, पाठ्यपुस्तक, खेलकुद सामग्री, शिक्षक निर्देशिका, बालबालिकाका हाजिरी रजिष्टरलगायतका सबै सामान भिजेर नष्ट भए।’

प्रधानाध्यापक चौधरी विद्यालय अझै हिलाम्मे रहेकाले सरफाइ गर्न समस्या भइरहेको जानकारी दिए। ‘विद्यालयको पानी तान्ने मोटरसमेत भिजेको छ। त्यहाँ हिलो र पानी अझै भएकाले मोटर चलाउन सकिने अवस्था छैन, जसले सरसफाइ गर्नसमेत समस्या भएको छ,’ चौधरीले भने, ‘६ दिनदेखि विद्यालय बन्द छ। अझै केही दिन सरसफाइ गर्न लाग्छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीले बाढीले विद्यालयमा क्षति भएको जानकारी दिए। ‘बाढीले विद्यालयमा भएका सबै सामान नष्ट भए,’ उनले भने, ‘अझै हिलाम्मे भएकाले विद्यालय सञ्चालन गर्न सकिएको छैन। हामीमात्र होइन अन्य विद्यालय पनि यस्तै समस्यामा छन्। हामीले पालिकालाई सहयोग गर्न भनेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

भजनी–८ जनकपुरस्थित इभन बाबा आधारभूत विद्यालयमा पनि बाढीले क्षति भएको छ। विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी बाढीले विद्यालयमा लाखौँको क्षति भएको बताउँछन्। ‘विद्यालयमा ३ फिटसम्म पानी पस्यो। विद्यालयमा दिवाखाजा क्यान्टिन भत्किएको छ,’ प्रधानाध्यापक चौधरीले भने, ‘कक्षाकोठामा बिच्छ्याइएका २० वटा कार्पेट नष्ट भएका छन्। अहिले सरसफाइ चलिरहेको छ। लाखौँको क्षति भएको छ।’

भजनी–८ कै कक्षा ४ मा अध्ययनरत बालिका सपना चौधरीका बाढीमा परेर सबै कापी–किताब नष्ट भए। घर बाढीले डुबानमा पर्‍यो, बाआमासँगै सपना हुलाकी सडकमा बसिरहेकी छन्। ‘कापीकिताब बाढीमा बगे, विद्यालय जान सकिएको छैन,’ उनले भने, ‘अब मैले कसरी पढ्ने होला?’

हुलाकी सडकमै बसिरहेका अर्का बालक शिखर चौधरी पनि यस्तै सोचिरहेका छन्। उनका पनि बाढीले कापी–किताब बगाएको छ। ‘कापी–किताब बगिहाले, पढ्न पाएको छैन,’ उनी भन्छन्, ‘अब घर फर्केपछि आमाले नयाँ किता किनिदिने भन्नुभएको छ। अहिले त विद्यालय गएको छैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भजनी नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले ३५ विद्यालयमा बाढीले क्षति पुगाएको बताए। ‘३५ विद्यालयमा पानी पसेको छ। विद्यालयका कागजात, शैक्षिक सामग्री, कम्प्युटर क्षति भएका छन्,’ उनले भने, ‘अधिकांश विद्यालयमा बाढीपीडित आश्रय लिएर बसिरहनुभएको छ। विद्यालयमा पढाइ प्रभावित भएको छ।’

शिक्षा अधिकृत शाहले विद्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि शुक्रबार प्रधानाध्यापकको बैठक आहवान गरिएको जानकारी दिए। ‘यहाँ ३९ सामुदायिक विद्यालय, १५ संस्थागत विद्यालय छन्, अहिलेसम्म दुई विद्यालयबाट निवेदन आएको छ,’ उनले भने, ‘शिक्षामा ठूलो क्षति भएको छ। ठूलो नोक्सान भएको छ। कतिपय विद्यालयका पर्खाल भत्किएका, पुस्तकालय नष्ट भएका छन्। विवरण सङ्कलनपछि राहतका कार्यक्रम हुनेछन्।’

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
‘सारथी’ को प्रोमो सार्वजनिक
सम्बन्धित सामग्री
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण ग... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्