काठमाडौं– विश्वप्रशिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङले नयाँ सुविधा र विशेषताका साथ ग्यालेक्सी ए–०४ एस ल्याएको छ। यस नयाँ उत्पादनमार्फत् ग्राहकले उत्कृष्ट मोबाइलको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
यस्ता छन् विशेषता
ग्यालेक्सी ए–०४एसमा उत्कृष्ट फोटोग्राफीको सुविधा रहेको छ। जसमा तीनवटा क्यामरा राखिएको छ। तीनवटामध्ये एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा रहेका छन्।
यसका साथै साथमा ५ एमपीको सेल्फी क्यामरा पनि राखिएको छ। ९० हर्सको रिफ्रेस रेटका साथ ६.५ एचडी र एएमओ एलइडी डिस्पे उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एक चोटीको चार्जमा पूरा २ दिनसम्म टिक्ने पाँच हजार एमएएचको ब्याट्रीको साथमा सामसुङले अत्यावश्यक काम गर्नका लागि पर्याप्त समय दिने बताइएको छ।
यस्तै ए–०४एस कालो, कपर र हरियो गरी तीनवटा रंगमा उपलब्ध रहेको छ। जसमा १२८ जीबी रोमसहितको ४ जीबी र्याम भएको यो मोबाइलको २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यस्तै, ६४ जीबी रोमसँग ४ जिबी र्याम भएको फोनको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।