काठमाडौं– एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ्गसँग सहकार्य गरेको छ।
यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत रहेको बैंकले दाबी गरेको छ। जसमा ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले यो समझदारी गरेको हो। जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ।
एनएमबिको यस कर्जा योजना; व्यवसाय सँगसँगै वातावरणीय दायित्व पूरा गर्ने सचेत प्रयास पनि रहेको बैंकले दाबी गरेको छ। यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।
‘यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउनसमेत टेवा पुग्ने छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीको लागि [email protected] मा ईमेल वा ०१–५९७०१५०/५२ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।