काठमाडौं– काठमाडौंको कपनस्थित एउटा घर (कार्यालय)मा भएको आगलागीमा परेर ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले आगलागीमा परेर ३ जनाको मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेको पहिचान भने खुल्न बाँकी रहेको एसपी मैनालीले नेपाल लाइभलाई जानकारी दिए।
प्रहरीका अनुसार कपनको राम मन्दिर नजिक एउटा ट्रेकिङ एजेन्सीको अफिसमा रहेको अक्सिजन सिलिण्डर विस्फोट हुँदा आगलागी भएको हो।
आगलागीमा परेर ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको एसपी मैनालीले जानकारी दिए।
आगलगानी हुँदा घरको माथिल्लो तलामा फसेकाहरुको उद्धार गरिएको एसपी मैनालीले जानकारी दिए। आगलागी भने नियन्त्रणमा आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।