प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ। कपनस्थित राम मन्दिर नजिक रहेको १ घरमा आगो लागेको खबर प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
एसपी मैनालीका अनुसार आगो निभाउने प्रयास गरिए पनि आगलागी नियन्त्रणमा आइसकेको छैन। घटनाको प्रारम्भिक जानकारीअनुसार ग्यास सिलिण्डरबाट आगलागी सुरु भएको बुझिएको एसपी मैनालीले बताए।
‘कपनको राम मन्दिर नजिक एउटा साढे ३ तले घरमा आगलागी भएको हो। ग्यास सिलिण्डरबाट आगलागी भएको भन्ने कुरा आएको छ,’ एसपी मैनालीले भने, ‘आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। नियन्त्रणमा भने आइसकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।