काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने आर्थिक अनियमितताका उजुरीमध्ये ३३ प्रतिशत उजुरी स्थानीय तहका मात्रै पर्ने गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनअनुसार भ्रष्टाचारसम्बन्धी पर्ने उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका छन्।
आयोगले अघिल्लो वर्षमा कूल २४ हजार ३३१ उजुरीमाथि सुनुवाइ गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
आयोगका अनुसार गत आर्थिक वर्षमा आयोगजमा १६ हजार २३८ वटा नयाँ उजुरी दर्ता भएका थिए। यस्तै, अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ८ हजार ९३ उजुरी गरी कूल २४ हजार ३३१ उजुरीमाथि आयोगले सुनुवाइ गरेको प्रवक्ता भण्डारीको भनाइ छ।
भण्डारीका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा आयोगको कूल ७८ बैठक बसेको थियो। ती बैठकबाट ९७५ वटा महत्त्वपूर्ण निर्णय भएका प्रवक्ता भण्डारीको भनाइ छ।
प्रदेशगत हिसाबले सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी पर्नेमा मधेस प्रदेशका छन्। आयोगमा परेका कूल भ्रष्टाचारका उजुरीमध्ये मधेस प्रदेशका मात्रै २४.२५ प्रतिशत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।