काठमाडौं– हात्तीसारमा रहेको जय नेपाल सिनेमा हलसहित ४१ व्यवसायिक फर्म र व्यक्तिलाई १० दिन भित्र कर तिर्न काठमाडौं महानगरपालिकाले पत्र काटेको छ।
महानगरले सिभिल मल, वरूण वेभरेज, सिद्धार्थ वनस्थली स्कूल, ल्याण्डमार्क होटल, जय नेपाल सिनेमा हल, एनआरटी क्लब, वर्ल्ड ट्रेड सेन्टरसहित ४१ व्यवसायिक भवनलाई कर तिर्न सूचना जारी गरेको हो।
महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने घरजग्गा/सम्पत्ति कर १० दिन भित्र बुझाउन भनेको छ।
महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा/सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको हो।
महानगरले बहालमा लगाएको भए बहालमा लिने/दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल कर समेत बुझाउन भनेको छ।
१० दिन भित्रमा नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
महानगरपालिको मेयरमा निर्वाचित भएपछि बालेन शाहले राजश्व संकलनका साथै अवैध संरचना हटाउने अभियान तीव्र पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।