काठमाडौं– बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार डेंगु संक्रमणका कारण प्रदेशका ७ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २, सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ जना र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए।
यसैगरी प्रदेशमा हालसम्म १३ हजार ३७५ जना डेंगुका बिरामी फेला परेका छन्। सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८७८ मा डेंगुका बिरामी फेला परेका छन्।
यसैगरी, काठमाडौँमा ४ हजार ६७४, मकवानपुरमा १ हजार ८१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।