काठमाडौं– सानिमा बैंकले ग्राहकहरुको सुविधाका क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।
यस सुविधाबाट बैंकका ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ।
हाल उक्त मेसिनबाट ग्राहकले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्।
यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ।
सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।