काठमाडौं– विश्व शान्ति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ।
यसवर्ष दिवसको नारा ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने तय गरिएको छ। यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो।
नेपालमा भने विसं २०६५ सालदेखि दिवस मनाउन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।