दाङ- कुलोमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका- ६ देउपुर निवासी हरि भण्डारीका ६ वर्षीय छोरा रोहित भण्डारी रहेका छन्।
घर नजिकैको कुलोमा खेल्दै पुगेका बेला डुबेर उनी अचेत बनेका थिए। सिंचाइ कुलोमा डुबेर अचेत भएका उनको उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
रोहित लमहीस्थित् ज्योतिषमति विद्यापिठको कक्षा एकमा अध्यनरत रहेको जिल्ला दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।