काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ईसेवासँगको सहकार्यमा डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।
आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित एक विशेष समारोहककाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरे।
नेसनल सेल्स हेड उमापति पोखरेलले डायनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सञ्चालन गरे। यो सेवा सञ्चालनका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ। अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए।
डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाखसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ। अरु छेत्रमा डायनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो। हरेक ग्राहकका लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता हो।
कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकको बाक्लो उपस्थिति थियो। कार्यक्रममा बोल्दै ईसेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।