• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वैदेशिक मुद्राको सञ्चिति ‘प्रि कोभिड’को अवस्थामा, आयात घटेर रेमिट्यान्स बढ्दा पनि अर्थतन्त्रमा ‘दबाब’ कायमै

64x64
सुमित्रा कार्की बिहीबार, असोज ६, २०७९  २१:५९
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशी मुद्रा सञ्चिति घटेर ‘प्रि कोभिड’को अवस्थामा पुगेको छ । अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स करिब २० प्रतिशतले बढेको र आयातमा करिब १३ प्रतिशतले कमी आउँदा पनि विदेशी मुद्रा सञ्चिति करिब १८ अर्ब रुपैयाँले घटेको बिहीबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १.५ प्रतिशतले कमी आइ २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको हो। आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ।

देशको मुद्रा सञ्चितिको अवस्था कोभिडभन्दा पहिलेको अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७५/०७६ को साउनमा १० खर्ब ९२ अर्ब ८७ करोड रहेको रहेको विदेशी मुद्रा सञ्चिति आर्थिक वर्ष २०७९/०८० को साउन मसान्तसम्म आउँदा लगभग १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँले मात्र बढेको छ। 

आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्थ्यो। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

५ वर्षको अन्तरालमा देशको ढुकुटी बराबर अवस्थामा रहेको देखिन्छ। 

यसैगरी, आर्थिक २०७६/७७ को साउनमा मुद्रा सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड पुगेको रुपैयाँ थियो। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्थ्यो। उक्त वर्ष यस्तो सञ्चिति केही बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। यसैगरी, आर्थिक वर्ष २०७७/०७८ को साउनमा १४  खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ बराबरको मुद्रा सञ्चिति रहेको थियो। 

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना सम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्थ्यो। आर्थिक वर्ष २०७८/०८९को साउनमा देशको ढुकुटी घट्यो। यस आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको थियो। आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.३ महिनाकोमात्र वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्थ्यो। 

आर्थिक वर्ष २०७९/०८० साउनमा मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

घट्दो वैदेशिक सञ्चिति: अर्थतन्त्रमा दबाब कायमै
चालु आर्थिक वर्षका लागि पनि गत आर्थिक वर्षका कतिपय भुक्तानीहरु हुँन बाँकी थियो। त्यो भुक्तानीमा पैसा जाँदा यो आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्रा सञ्चिति घटेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ बताउँछन्। यो महिनामा सबैभन्दा धेरै भुक्तानी आयल निगमले गरेको छ। जसले गर्दा विदेशी मुद्रा सञ्चिति केही घटेको छ। यसले अझै पनि सचेत रहनुपर्ने बेला छ। 

आयल निगमले ७ अर्ब रुपैयाँ सरकारबाट र ३ अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर ईण्डियन आयल कर्पोरेशन (आईओसी)लाई तिरेको छ। यो भुक्तानीले पनि विदेशी मुद्रा सञ्चितिमा असर परेको छ। 

‘साउनमा आयात पनि घटेको छ। रेमिट्यान्स पनि बढेको छ। आर्थिक गतिविधिहरु पनि कोभिड पश्चात चलायमान हुँदै गएका छन्। यसले गर्दा हाम्रो आर्थिक क्षेत्र विस्तारै चलायमान हुँदै भएको छ। तर, अहिले पनि हाम्रो आर्थिक अवस्था दबाबमा छ। अहिले नै हामीले ढुक्क भएर खर्च गर्न सक्ने अवस्था भने छैन। अझै पनि सचेत हुनुपर्ने आवश्यकता छ। अहिलेको अर्थतन्त्रको अवस्थालाई विश्लेषण गर्ने हो भने हाम्रो अर्थतन्त्र थप बिग्रेको छैन, तर दबाबमा भने छ,’ राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा श्रेष्ठ भन्छन्। 

५ वर्ष अगाडिको प्रिकोभिड र अहिलेको अवस्थामा नेपालको विदेशी मुद्रा सञ्चिति उस्तै छ। कोभिडको २ वर्षमा सञ्चिति केही बढेको देखिन्छ। त्यपछिको वर्ष भनेको २०७९ हो। यो वर्षमा वैदेशिक सञ्चिति प्रिकोभिडकै अवस्थामा फर्किएको देखिन्छ। तर अहिले महँगी बढेको छ। ‘त्यो बेला हामीले ६० देखि ८० रुपैयाँसम्ममा पाउने पेट्रोलकै मूल्यको कुरा गर्ने हो भने अहिले १०० प्रतिशत नै बढेर १८१ को हाराहारीमा पुगेको छ,' श्रेष्ठ भन्छन्। 
 
आयात घटेकै हो?
वैदेशिक मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले गत आर्थिक वर्ष २०७८/०७९ मा अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाएको थियो। तर, यही भदौमा मात्र सरकारले वैदेशिक सञ्चितिमा केही सुधार आएको भन्दै अत्यावश्यक नभएका केही वस्तुको आयात फुकुवा गर्‍यो। आयात  रोक्का गरिएका चुरोट तथा सूर्तिजन्य वस्तु, तास, खेलौना, कुरकुरे-कुरमुरे-लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको आयात सरकारले भदौमा मात्रै खुलाएको थियो। 

Xtrem

Xtrem

त्यसकारण आयात केही घटेको जानकारहरु बताउँछन्। चालु आर्थिक वर्षको पहिलो महिना अन्य वर्षमा पनि आयात ठूलोमात्रामा नहुँने गरेको नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरन्जीवि नेपाल बताउँछन्। उनी भन्छन्, ‘अहिलेको तथ्याङ्क साउन महिनाको हो। अन्य आर्थिक वर्षमा पनि यो महिना (साउन)मा आयात स्थिर नै रहेको देखिन्छ। तर, अब भदौ महिनाको तथ्याङ्क हेर्दा थाहा हुन्छ। हाम्रो आयात बढेको हो कि घटेको भनेर।’

आयात घट्नुको कारण अहिले बजारमा पर्याप्त मात्रमा पैसा नहुनु रहेको नेपालको बुझाइ छ। नेपाल भन्छन्, ‘आयात गर्नलाई पैसा चाइन्छ। अहिले हामीसंग पर्याप्त रुपमा पैसा नै छैन। अनि कसरी निर्यात बढ्छ त?’ अहिले बजारमा भएको तरलता अभावको कारण आयात घटेको उनको बुझाइ छ। 

यसलाई सकारात्मक रुपमा लिनु राम्रो भएता पनि यो खुसीको कुरा भने नभएको नेपाल बताउँछन्। 

यद्यपि आगामी दिनमा आयात बढ्ने उनको बुझाइ छ। ‘अब चाडपर्वको समय आएको छ। यो चाडपर्वमा अन्य सामान्य समयभन्दा अलि बढी नै आयात हुने गरेको अन्य वर्षका तथ्याङ्कहरुले पनि देखाउँछन्। यो तथ्याङ्क एक महिना अगाडिको हो। अबको २-३ महिना पछि यो वर्ष आयात कति हुन्छ, बढ्छ कि घट्छ ? यसको अनुमान लगाउन सकिन्छ,’ नेपाल भन्छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्त सम्मको तथ्याङ्कमा कुल वस्तु आयात गत आर्थिक वर्षको यसै अवधिको भन्दा १२.९ प्रतिशतले घटेर १ खर्ब ३१ अर्ब २९ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन मसान्तसम्म वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधि, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ।  यसैगरी, सवारी साधन तथा स्पेयर पार्टपूर्जा, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड सिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।  

‘यसलाई कसरी विश्लेषण गर्न सकिन्छ भन्दा हामीले हेर्न भनेको सोधान्तर घाटा एक प्रमुख सूचक हो। यो २२ अर्ब २३ करोड रुपैयाँले बढेको छ। विदेशी विनिमय पनि घटेको छ। यसले के देखाउँछ भने हाम्रो अर्थतन्त्र अझै पनि दबाबमा छ,’ नेपाल भन्छन्, ‘सरकारले १० वटा वस्तु आयातमा जुन रोक लगाएको छ। त्यसमा ४ कुरालाई रोक लगायत अन्य ६ वस्तु अति  आवश्यक नभएका बस्तुको पनि आयात खुलाएको छ। जस्तै, चुरोट तथा सूर्तिजन्य वस्तु, तास, खेलौना, कुरकुरे-कुरमुरे-लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको आयात खुलाएको थियो। यस्ता कुरालाई सरकारले राम्रोसंग हेर्नुपर्ने हो। अति आवश्यक नभएका बस्तुलाई अझै केही समयसम्म रोक लगाउनु पर्ने हो। यसले पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा असर परेको देखिन्छ।'
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्