काठमाडौं–केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुदकुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरिने घोषणा भएको छे।
सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको हो।
दुगड कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान दिनुका साथै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।