१. राजनीतिक दलहरूले बुझाए प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकको सूची, समानुपातिक सूचीमा पूर्वसभामुख महरादेखि प्रधानमन्त्रीपत्नी आरजुसम्म समेटिए (बुझाइयो समानुपातिक सूची)
२. आज आठौं संविधान दिवस, संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको राष्ट्रपति भण्डारीको भनाइ, संविधान जारी भएपछि पहिलोपटक उपेन्द्र यादवले दिए शुभकामना । (आज आठौं संविधान दिवस)
३. टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालतले आदेश दिएपनि काठमाडौं महानगरपालिकाद्वारा टुकुचा उत्खनन् अभियान जारी, अब काम गर्नका लागि पछि नहट्ने महानगरको प्रतिक्रिया । (रोकिएन महानगर)
४. आगामी तीन महिनाभित्र देशभर टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने अफगानिस्तानमा तालिबान सरकारको तयारी, दुई करोड बढी वेबसाइट बन्द, निशानामा टिकटक र पब्जी । ( तालिवानको निशानामा टिकटक र पब्जी)
५. र, बंगलादेशले पहिलोपटक जित्यो साफ महिला फुटबलको उपाधि, घरेलु टोली नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य। (साफ उपाधि बंगलादेशलाई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।