• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मालपोतदेखि वडासम्मका नक्कली कागजात बनाएर हङकङबाट आएकी महिलाबाट ठगियो एक करोड 

64x64
नारायण अधिकारी सोमबार, असोज ३, २०७९  १७:४१
1140x725

काठमाडौं– मालपोत कार्यालयदेखि वडा कार्यालयसम्मका नक्कली कागजात बनाएर एक महिलाबाट एक करोड रुपैयाँ ठगी भएको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले जग्गा हत्याउन नक्कली कागजात बनाउने र बैनावापत एक करोड रुपैयाँ फरार भएको समूहलाई पक्राउ गरेपछि उक्त विषय सार्वजनिक भएको हो। 

सीआईबीले विभिन्न मितिमा उक्त गिरोहका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–८ घर भइ गोकर्णेश्वर नगरपालिका–७ माकलबारी बस्ने ५५ वर्षीय प्रेम खत्री, तनहुँको अरुणोदय गाउँपालिका–९ घर भएका ४४ वर्षीय गुन्ज सिंह थापा, सिन्धुपाल्चोकको मानेधारा–१ घर भइ काठमाडौं बूढानीलकण्ठ बस्ने ६८ वर्षीय शिव भण्डारी, तनहुँको शुक्लागण्डकी नगरपालिका–९ बाह्रबिसेका ३५ वर्षीय हरि श्रेष्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका बलम्बु बस्ने ५५ वर्षीय कुमार मानन्धर र काठमाडौं महानगरपालिका–११ थापाथलीका ६० वर्षीय रामराज भण्डारी छन्।

यो गिरोहले हङकङमा बसेर काठमाडौं आएकी महिलाबाट एक करोड रुपैयाँ ठगेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले जानकारी दिए।

गीता बुढाथोकी लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा हङकङमा बसेर केही समय पहिला काठमाडौं फर्किएकी थिइन्। हङकङमा रहँदा कमाइएको रकमबाट काठमाडौंमा जग्गा किन्ने योजना बनाएकी बुढाथोकी प्रेम खत्री र गुञ्ज सिंह थापाको सम्पर्कमा पुगेकी थिइन्। उनीहरुले गीतालाई सस्तो र राम्रो जग्गा मिलाइदिने प्रलोभन देखाए।

काठमाडौंको साविक भीमढुंगा गाविस–७ (क) कित्ता नम्बरको १४२, १२८, १२९, १३२ र २९७ को १९ रोपनी १३ आना ९ दाम जग्गा बिक्रिमा रहेको कुरा गीतालाई बताए। १९ रोपनीमध्ये ९ रोपनी १४ आना १ दाम जग्गा हेलमेट भन्ने हालिमाली गुठीको नाममा भूमि सुधार तथा मालपोत कार्यालय कलंकीमा दर्ता कायम रहेको र उक्त जग्गा मोहीले पाउने भाग छुट्याई जग्गाहरु रैकरमा परिणत गरी जग्गा धनी प्रमाणपत्र प्राप्त गर्ने क्रममा रहेको विषय यो गिरोहले गीतालाई सुनायो।

त्यसका लागि विश्वासमा दिलाउन पत्रपत्रिकामा प्रकाशित सूचना देखाउनेदेखि जग्गा बेचबिखन गर्ने मोहीहरु भन्दै राजेन्द्र गिरी, ठूलिमाया खत्री, चमेली खत्री, देवीबहादुर खत्री, दीपकबहादुर खत्री र कृष्ण गिरीसँग समेत २०७८ साउन ८ गते करारनामा तथा बैना समेत गरेको छ भन्दै कागजात समेत यो गिरोहले गीतालाई देखाएको थियो।

१९ रोपनी १३ आना ९ दाम जग्गाबाट मोहीले प्राप्त गर्ने आधा जग्गा प्रतिआना ५ लाख रुपैयाँका दरले दिने भन्दै बैनावापत एक करोड रुपैयाँ गीताबाट यो गिरोहले लिएको एसपी थापाले बताए।

जग्गा किन्ने भन्दै एक करोड रुपैयाँ बुझेपछि बैनाको कागज समेत बनाइएको थियो। उक्त बैनाको कागज वडा कार्यालयबाट प्रमाणित गरिएको भन्दै गीतालाई उनीहरुले विश्वासमा पारेका थिए। नागार्जुन नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष शुक्रबहादुर तामाङले बैनाको कागज प्रमाणित गरेको उल्लेख गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सीआईबीको अनुसन्धानको क्रममा वडाध्यक्ष तामाङबाट उक्त कागज प्रमाणित भएको नभइ यो गिरोह आफैं कीर्ते गरी प्रमाणित भएको भन्ने ब्यहोराको कागज देखाएको खुलेको छ। सीआईबी स्रोतले भन्यो, ‘विश्वासमा पार्नका लागि वडाध्यक्षको कीर्ते हस्ताक्षरदेखि मालपोत कार्यालयसम्मको नक्कली कागजात बनाइएको खुलेको छ।’

विश्वासमा दिलाउन पत्रपत्रिकाका सूचनादेखि मालपोत र वडासम्मका नक्कली कागजात देखाएर बैना वापतको एक करोड रुपैयाँ लिएपछि यो गिरोह गीताबाट सम्पर्कविहीन भएको थियो। लामो समयसम्म सम्पर्कविहीन भएपछि आफू ठगिएको भन्दै उनले सीआईबीमा गत भदौ ७ गते जाहेरी दिएकी थिइन्। जाहेरीपछि अनुसन्धानमा खटिएको सीआईबीको टोलीले विभिन्न मितिमा काठमाडौं र काठमाडौं बाहिरका जिल्लाबाट ६ जनालाई पक्राउ गरेको हो। 

कसको भूमिका के?
पक्राउ परेकामध्ये प्रेम खत्री र गुञ्ज सिंह थापा ठगीका मुख्य योजानकार हुन्। उनीहरु दुई जनाको मुख्य योजनामै ठगी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यी दुवै जना करारनामा तथा बैनाको कागजात तयार पार्नेदेखि वडाध्यक्षको कीर्ते हस्ताक्षर गर्ने काममा संलग्न रहेको पाइएको छ। उनीहरुले यो जग्गा मोहीको नाममा रैकर हुन लागेको थाहा पाएर ठगीको योजना बनाइ गीताबाट एक करोड रुपैयाँ ठगी गरेको खुलेको छ।

बाँकी रहेका पाँच जनाले भने ठगी गर्ने सहयोगी भूमिका निभाउने गरेको खुलेको छ। त्यसवापत उनीहरुले खत्री र थापाबाट कमिसन समेत लिएको प्रहरी स्रोतले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्कोलाई समेत बैना गरेर ठगी
प्रेम खत्रीले यही जग्गा अर्का व्यक्तिलाई समेत देखाएर ठगी गरेको खुलेको छ। गुठीको रुपमा कायम रहेको, रैकरमा परिणत हुने प्रक्रियामा रहेको र मोहीहरुले बिक्री गर्ने भनि करारनामा तथा बैना कागज समेत गरेको भन्दै अर्कै व्यक्तिलाई जग्गा बैना गरेर ठगी गरेको खुलेको छ। 

सस्तो दरमा राम्रो ठाउँमा जग्गा बिक्री छ, रैकरमा परिणत गरी जग्गा धनी पूर्जा चाँडै प्राप्त हुने भन्दै रामकुमार थपलिया र गोविन्द नगरकोटीलाई जग्गा बैना गरेर ठगी गरेको पाइएको छ। ५ लाख ७५ हजार रुपैयाँका दरले जग्गा दिने भन्दै उनीहरुबाट बैना वापत १५ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको हो। 

योजनाकारको नागरिकता नै नक्कली
मुख्य योजनाकार भनिएका गुञ्ज सिंह थापाको नागरिकता नै नक्कली रहेको खुलेको छ। अनुसन्धानका क्रममा थापाले आफ्नो नागरिकताको विवरण नै सच्याएको खुलेको हो। नागरिकता सच्याएर थपघट गरेको खुलेपछि प्रहरीले उनीविरुद्ध नेपाल नागरिकता ऐनमा समेत अनुसन्धान गरेको थियो।

उक्त मुद्दाको अनुसन्धान भने सकेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरिसकेको छ। सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको सीआईबीले जनाएको छ। 

थापासहित अन्य ५ जनालाई अर्को मुद्दाको कसूरमा अनुसन्धान भइरहेको छ। उनीहरुविरुद्ध ठगी तथा लिखतसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्