काठमाडौं– स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच अन्तर आबद्धता सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको युपीआई नेपाल क्यूआरबीच अन्तरआबद्धताको लागि सम्झौता गरेका हुन्।
सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन्।
यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने दुवै पक्षले अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआबद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो।
यस सम्झौतापछि युपीआई नेपाल क्यूआरको सुविधा लिने विभिन्न व्यापार–व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत् ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्नेछन्।
त्यस्तै स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिँदै आएका व्यापार व्यवसायले युपीआई नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरुमार्फत् पनि भुक्तानी लिन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।