काठमाडौं– विश्वप्रशिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले दसैंतिहार अफर ल्याएको छ। दसैं तथा तिहारको अवसमा सामसङले ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको हो।
जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफूले छनोट गरेका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध गराएको छ।
कम्पनीले ल्याएको यो अफर सेप्टेम्बर १७ गतेदेखि नोभेम्बर १५ गते अर्थात् असोज १ देखि कार्तिक २९ गतेसम्म चल्नेछ। यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ।
सामसङको प्रिमियम रेन्जका टिभिहरूमध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ।
यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।