काठमाडौं– आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ।
काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुनेछ।
ग्राहक लक्षित अफरसहित फाईनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको बताएको छ। साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले देशभरकै शाखाहरुबाट उक्त सुविधा लिन सकिने बताएको छ। मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्यज्दरमा अधिकत्तम फाईनान्स सुविधासहित स्थलगत निर्णय गरिनेछ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ।
आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कम्रसियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ। साथै आर्मी प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।