काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ।
कम्पनीका अनुसार ग्राहकहरुका लागि टेलिकमले सहुलियत दलका डाटा र भ्याइससहितको प्याक उपलब्ध गराएको हो। यो अफर असोज २ गतेदेखि चार गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।
अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ। त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यसका साथै यस अफरअन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।