काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला हुने भएको छ। दसैंको अवसरमा हुने मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाइने छन्। मेलामा क्यास अन ह्विलको आयोजना गरिनेछ।
क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय गाडी बिक्रेताहरु हुनेछन्। ब्राण्ड न्यू कार पनि अफर मूल्यमा राखिने उनले जानकारी दिए।
‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन्। हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत् पनि यो काम भैरहेको छ,’ उनले भने, ‘भृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका बिक्रेताहरु सहभागी हुनेछन्, ब्राण्ड न्यू कार पनि अफर मूल्यमा राखिनेछन्।’
मेलामा दश हजारभन्दा बढी खरिद बिक्रीकर्ताहरुको जमघट रहने छ भने तीस हजारभन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने बताइएको छ। साथै एक्स्पोमा गाडी खरिद गर्नेलाई बिना झन्झट सहजै फाइनान्सको व्यवस्था रहेको छ।
एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ। मेलाको उद्घाटन भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने भएका छन्। मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।