काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा विशेष अफर सञ्चालनमा ल्याएको छ। आजदेखि लागू हुने गरी दुई विशेष अफर ल्याएको एनसेलले जनाएको छ।
यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्। यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँ खरिद गर्न सक्छन्। यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिनसम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँनेछन्।
एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर फोन सुलभ दरमा गर्न सकिने र एसएमएस पठाउन ग्राहकले मात्र ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्ने बताइएको छ। यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुनेछ।
संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्ने कम्पनीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।