काठमाडौं– इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलोपटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ। २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’ नोभेम्बरमा सम्पन्न हुने भएको हो।
पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको छ।
यसबाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्परसमेत रहेको सुबिसुले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ। १५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ।
प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ। सुरुआती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।