काठमाडौं– कुमारी बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै वृद्धि गर्न विशेष योजना ल्याएको छ। बैंकले बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि गर्नका लागि ‘धनवृद्धि रिकरिङ मुद्धति’ योजना ल्याएको हो।
ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूनतम दस हजारदेखि दस लाखसम्म रकम जम्मा गरी उक्त धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रारम्भिक बिज यस आवर्ती योजनाअन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्धति खातामा रकम जम्मा हुने प्रावधान राखिएको छ।
यस योजनाबाट न्यूनदेखि उच्च आय भएका वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने बैंकले विश्वास लिएको छ। यो योजना असोज १ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।
| अवधि |
बिज रकम +बिज रकमको १० प्रतिशत मासिक
|
धनवृद्धि |
| २ वर्ष ८ महिना ३ दिनमा |
|
५ गुणा |
| ५ वर्ष १ महिना ११ दिनमा |
|
१० गुणा |
| ७ वर्ष ०५ दिनमा |
|
१५ गुणा |
| ८ बर्ष ६ महिना २७ दिनमा |
|
२० गुणा |
| १४ वर्ष ६ महिना १७ दिनमा |
|
५० गुणा |
| १९ बर्ष ९ महिना १६ दिनमा |
|
१०० गुणा |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।