काठमाडौं– दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत दोस्रो साताका विजेता सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत् सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन्।
उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आइएमईले जनाएको छ। त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ र बिदुर तमाङ मोक्तान दैनिक विजेता छनोट भएका छन्। उनीहरु हरेकले एक÷एक सामसुङ मोबाइल सेट उपहार प्राप्त गर्नेछन्।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थीममा आधारित रही यसपटकको स्किम सञ्चालनमा छ। अफर अनुसार विदेशबाट आइएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ। उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कात्तिक १६ गतेसम्म कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।