काठमाडौं– भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजारभन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ।
भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मुद्दाहरुमाथि अनुसन्धान थालिएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ।
भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ।
सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रुपमा अघि सारेको छ। सोही बमोजिम सो निकायले काम सुरु गरेको र यसवर्षमात्र यी मुद्दाहरुमाथि अनुसन्धान र कारबाही थालिएको सो समाचार समितिले जनाएको हो।
यहाँ भ्रष्टाचारजन्य क्रियाकलापहरुमा निकै बढोत्तरी भएको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो। यसवर्ष यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ।
यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौं व्यक्तिमाथि कारबाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।