काठमाडौं– लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाईल्सको आधिकारीक बिक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै 'हुन्डाई फेस्टिभ डिलाइट २०७९' योजना ग्राहकहरु माझ ल्याएको छ। यो ग्राहकमुखी योजना यही भाद्र ३० गते देखि सुरु भएको हो।
यस योजनाअन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १५०,००० लाखसम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्ष सम्मको निःशुल्क बीमा पाउनेछन्।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।
लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।
ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजनाल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।